धनकुटाको चौबिसे गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
गाउँपालिकाको बतासे-शुक्रबारेस्थित भित्री सडक खण्डको खोल्सीमा शुक्रबार बिहान दुर्घटना हुँदा स्थानीय ३० वर्षीय टेकबहादुर लिम्बूको मृत्यु भएको हो ।
दुर्घटनाबाट मृत्यु भएको अवस्थामा पैदलयात्रीले देखेपछि प्रहरीलाई खबर गरेका जनाइएको छ ।