logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ट्रकको ठक्करबाट बालिकाको मृत्यु


अंकुरण खबर
1.261K
Shares

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका नयाँपुलमा डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

शुक्रबार सडकछेउ हिँड्दै गरेकी गोरखा पालुङटार की १० वर्षीया सुरता परियारको मृत्यु भएको हो । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको हो ।

ट्रकको ठक्करबाट १३ वर्षीय सुमित परियार भने घाइते भएको र उनको भरतपुरमा उपचार भइरहेको छ ।

चालक र ट्रक प्रहरी नियन्त्रणमा छन् ।