logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रा.डा.चौधरीको अध्यक्षतामा नेपाल बाल शल्य चिकित्सक संघको नयाँ कार्यसमिति चयन


अंकुरण खबर
1.82K
Shares

नेपाल बाल शल्य चिकित्सक संघको अध्यक्षमा प्रा.डा. रामनन्दन प्रसाद चौधरी नियुक्त भएका छन् ।  शुक्रबार सम्पन्न संघको अधिवेशनले प्रा.डा.चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

जन्मेदेखि १८ वर्ष सम्मका बालबालिकाको शल्यक्रिया गर्ने विशेषज्ञ चिकित्सकहरुको साझा संस्था हो नेपाल बाल शल्य चिकित्सक संघ। नेपालमा झण्डै २९ जना मात्र बालबालिकाको रोगमा शल्यक्रिया गर्ने विशेषज्ञ शल्य चिकित्सक रहेकोमा यो संघमा १९ जना शल्य चिकित्सक सदस्यका रुपमा छन् ।

कार्यसमितिको उपाध्यक्षमा डा. रामेश्वर प्रसाद पोखरेल, महासचिवमा डा. अनुपमा थापा, सहसचिवमा डा. गेहराज दाहाल, कोषाध्यक्षमा डा. विजय थापा र सहकोषाध्यक्षमा डा. रमना राजकर्णिकार चयन भएका छन् ।

यसैगरी, सदस्यहरूमा डा. पुष्कर पोखरेल, डा. मनिष पोखरेल, डा. ज्यास्मिन बज्राचार्य, डा. आशिष लाल श्रेष्ठ चयन भएका छन् । संघमा डा. नारायण बहादुर थापा निवर्तमान अध्यक्ष रहेका छन् ।