logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

छाउपडी प्रथाविरुद्ध विद्यार्थीलाई पढाउँदै प्रहरी


अंकुरण खबर
1.586K
Shares

मुगुका विद्यार्थीलाई छाउपडी प्रथाका विरुद्ध कानूनमा भएका व्यवस्थाबारेमा प्रहरीले प्रशिक्षण दिएको छ ।
श्री महाकाली नमूना माध्यामिक विद्यालय गमगढी मुगुमा कक्षा ८ देखि १० कक्षासम्म अध्यनरत विद्यार्थीलाई प्रहरीले छाउपडी प्रथाका विरुद्ध मौजुदा कानूनका विषयमा प्रशिक्षण दिएको हो ।

विशेषतःकर्णाली र सुदूरपश्चिम प्रदेशमा रहेको छाउपडी प्रथालाई सरकारले न्यूनीकरण गर्न भन्दै केही दिन अघि छाउ गोठ भत्काएको थियो ।

पुरातनवादी सोचमा ग्रसित छाउपडी प्रथा समाजमा कायमै रहेकाले त्यसलाई उन्मूलन गर्न गृह मन्त्रालयको निर्देशनअनुसार प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यार्थी, जिल्लाका सरोकारवाला निकाय, धामीझाँक्री, महिला, स्वास्थ्यकर्मीसँग कानूनका बारेमा जानकारीसहित न्यूनीकरणमा हातेमालो गर्न आग्रह गर्दै कार्यक्रम गरिएको प्रहरीले जनाएको छ ।