इरानले गत बुधबार भएको बिमान दुर्घटना आफुले गराएको स्वीकार गरेको छ । अन्झानमा युक्रेनी बिमान जेटलिनरलाई गोली हानेको स्वीकार गरेको हो । बिमान दुर्घटामा १७६ जनाको मृत्यु भएको थियो ।
शनिबार इरानले मानवीय त्रुटिका कारण अनजानमै सेनाको सुटआउटमा जेटलिनर दुर्घटनाग्रस्त बनेको बयान सार्वजनिक गरेको हो ।
युक्रेनी अन्तर्राष्ट्रिय एयरलाइन्सको बोइङ ७३७ जेटलाइनर इरानले तेहरानको बाहिरी इलाकामा गरेको अमेरिकी सैनिक कारबाहीका लागि क्षेप्यास्त्र प्रहार गरेको एक घण्टापछि नै दुर्घटना भएको थियो । एजेन्सी