logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

द्वन्द्वपीडित मुद्दा हेर्न तत्काल विशेष अदालत गठन गर्नुपर्छ : द्वन्द्व पीडित राष्ट्रिय सञ्जाल


अंकुरण खबर
1.066K
Shares

द्वन्द्व पीडित राष्ट्रिय सञ्जालले सरकाले सोमबार गर्न लागेको संक्रमणकालीन न्याय सम्बन्धी छलफलमा सहभागि हुने जनाएको छ । सञ्जालले विज्ञप्ती जारी गर्दै सात वटै प्रदेशको संक्रमणकालीन न्याय सम्बन्धी छलफलमा आफ्नो आलोचनात्मक सहभागिता रहने जनाएको हो ।

सञ्जालको विज्ञप्तीमा भनिएको छ, सर्बोच्च अदालतको निर्देशन अनुसार कानुन संशोधन र आयोगको पुनर्गठन हुनुपर्दछ । संक्रमणकालीन न्याय प्रक्रियामा राजनीतिक हस्तक्षेप हुनुहुदैन् ।
सञ्जालले द्वन्द्वपीडित मुद्दा हेर्न तत्काल विशेष अदालत गठन, लगाएतका १५ बुँदे माग राखेको छ ।