दोलखा भिमेश्वर नगरपालिका–१ राम्पामा टिपर पल्टिँदा टिपरमा सवार ४ जना घाइते भएका छन् ।
आज बिहान सिंगटीबजारबाट दोलखा सदरमुकामतर्फ जाँदै गरेको बा ४ ख ६११६ नम्बरको गिट्टी बोकेको टिपर पल्टिँदा ४ जना घाइते भएका हुन् । टिपर सडकबाट करिब १५ मीटर तल खसेको थियो ।
दुर्घटनामा घाइते भएका चारै जनालाई उपचारको लागि चरिकोट पठाइएको छ ।
दुर्घटना पश्चात चालक फरार रहेकाले उनको भने खोजी भइरहेको प्रहरीले जनाएको छ ।