logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सोह्र दिनदेखि बेपत्ता पुरुषको शव फेला


अंकुरण खबर
741
Shares

सप्तरीको राजगढ गाउँपालिका–३ नर्घो पूर्वटोलस्थित सार्वजनिक पोखरीमा ४५ वर्षीय सुर्यनारायण मण्डलको शव फेला परेको छ ।

घरबाट १६ दिनअघि उधारो दिएको रकम उठाउन जान्छु भनी हिँडेका मण्डलको शव आफ्नै कुखुरा फार्म नजिकको पोखरीमा फेला परेको परिवारले जनाएको छ ।

मण्डल घरदेखि साढे एक किलोमिटरको दूरीमा रहेको रत्नसागर पोखरीको डिलमा सञ्चालन गरेको कुखुरा फार्मको रेखदेख गर्दै बस्ने गरेका थिए । मृतक मण्डलका श्रीमती एक छोरा र एक छोरीका साथ १५ वर्षदेखि माइत बस्दै आएकी छिन् ।

कसले मारेको हो वा मृत्यु भएको हो अनुसन्धान हुनुपर्ने परिवारले जनाउको छ । शवको परीक्षण राजविराजमा नगरी धरान पठाइएको र आज परीक्षण हुने प्रहरीले जनाएको छ ।