logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पहिलो दिनमै नेप्सेमा भारी वृद्धि


अंकुरण खबर
767
Shares

काठमाडौं – साताको पहिलो दिनमै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उत्साह छाएको छ ।

आइतबार साताको पहिलो दिन ४२ दशमलव ६१ अंकले बढेर १ हजार २ सय ५५ दशमलव ७२ अंकमा कायम भएको छ भने कारोबार रकम एक खर्ब ३३ करोड नाघेको छ ।

नेप्सेमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने बाणिज्य बैंक समूहको सुचक दुई दशमलव ५२ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूहको सुचक आठ दशमलव १७ प्रतिशतले बढेको छ ।

त्यस्तै, लघुवित्त समूहको सुचक छ दशमलव ५५ प्रतिशत, जीवन बीमा समूहको सुचक छ दशमलव ८६ प्रतिशत, जलविद्युत समूहको सुचक तीन दशमलव २५ प्रतिशतले बढेको छ । बाँकी समूहहरुको सुचक दुई प्रतिशतको हाराहारीमा रहेको छ ।

आज सबैभन्दा धेरै कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । जसको पाँच करोड ८८ लाख रुपियाँको कारोबार छ । आज १० प्रतिशतका दरले उच्च नाफा गर्नेमा नेपाल इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स कम्पनी, मेरो माइक्रोफाइन्स वित्तिय संस्था, सिद्धार्थ इन्स्योरेन्स कम्पनी र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ता छन् भने घाटा खानेमा माउन्टेन हाइड्रोका लगानीकर्ता अगाडि छन् ।

आज कुल १७९ कम्पनीको सेयर कारोबार भएकोमा १० कम्पनीको सेयरमा मात्रै गिरावट आएको छ । बाँकीको सेयरमा वृद्धि भएको छ ।