logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पश्चिमका पहाडी तथा हिमाली भू-भागमा हिउँ र पानी पर्ने सम्भावना


अंकुरण खबर
1.417K
Shares

काठमाडौं – आज पश्चिमका पहाडी र हिमाली भू-भागमा हिउँ र पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

सोमबार बेलुकादेखि यी ठाउँमा पश्चिमी वायुको प्रभाव पर्ने हुनाले हिउँ र पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिएकी छन्। देशका अरु ठाउँमा भने पश्चिमी वायुको प्रभाव खासै नपर्ने उनले बताइन्।

पूर्व र मध्यका केही ठाउँमा बिहान लागेको कुहिरो १० बजेतिरबाट पातलिँदै गएर दिउँसो सामान्य बादल लाग्ने सम्भावना छ । तर तराईका भेगमा भने सोमबार दिनभर कुहिरो लाग्ने मौसमविद्ले बताएका छन् ।

कुहिरोसँगै चिसो हावा पनि चल्ने भएकाले सावधानी अपनाउन मौसम पुर्वानुमान महाशाखाले आग्रह गरेको छ । पश्चिमी वायुको प्रभाव मङ्गलबार बेलुकासम्म देखिने हुनाले पश्चिमका उच्च पहाडी र हिमाली भेगमा भने बुधबारदेखि फेरि मौसम खुल्दै जाने महाशाखाले जनाएको छ ।