काठमाडौं – काठमाडौं स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको विमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।
सोलुखुम्बुको फाप्लुबाट आएको नेपाल एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा टायर पन्चर भएको हो ।
फाप्लु विमानस्थलबाट आएको नाइनएन एबीयू कलसाइनको ट्वीन अटर विमान सोमबार विहान ८ बजेर ३४ मिनेटमा अवतरण गरेको थियो । अवतरणका क्रममा टायर पन्चर भए पनि अन्य क्षति भने नभएको विमानस्थलका एक अधिकारीले बताए ।
विमानमा भएका सबै यात्रुहरु सकुशल रहेका छन् ।