काठमाडौं – अवैध उत्खनन्को विरोध गर्दा टिपरले किचेर हत्या गरिएका दिलीपकुमार महतोको परिवारलाई प्रदेश-२ सरकारले राहत रकम दिने निर्णय गरेको छ ।
प्रदेश–२ को सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दिलीपको परिवारलाई तत्काल पाँच लाख राहत उपलब्ध गराउने निर्णय गरिएको प्रदेशका मुख्य न्यायाधीवक्ता दिपेन्द्र झाले जानकारी दिएका छन् ।
शुक्रबार बिहान धनुषा जिल्लाको मिथिला नगरपालिका-५ श्रीपुरस्थित रहेको औरही खोलामा स्थानीय २४ वर्षीय दिलीपकुमार महतोको हत्या गरिएको थियो ।