logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

कारागारबाट एक कैदी फरार


अंकुरण खबर
1.56K
Shares

रौतहट जिल्ला कारागार गौरबाट गए राति एक कैदी फरार भएका छन् ।

तीन वर्ष अघि जिल्ला अदालतले अपहरण तथा शरीर बन्धक मुद्दामा कारागार पठाएको अशोक यादव कारागार बाट फरार भएका हुन् ।

कारागार भित्र आन्तरिक रुपमा विद्युत सम्बन्धी काम समेत गर्ने गरेका यादव राती १० बजेको समयमा विद्युत सेवा अवरुद्ध बनाएर अध्यारोको फाइदा उठाउँदै भागेको प्रहरीले बताएको छ ।

कारागारमा रहेको तीन वटा ढोका मध्ये कर्मचारीले बाहिरको दुई वटा ढोकामा मात्रै ताल्चा लगाएको र भित्र पट्टीको एक ढोका खुल्ला रहेको कारण पर्खाल नाघेर यादव सहजै रुपमा भाग्न सफल भएका हुन् ।

राति विद्युत नबले पछि कर्मचारीले यादवलाई बिजुली बनाउन खोज्न जाँदा उनलाई नभेटे पछि फरार भएको जानकारी प्रशासनलाई आएको थियो ।

फरार भएका यादवको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।