logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सोनाम ल्होसारमा बागमती प्रदेशमा सार्वजनिक विदा


अंकुरण खबर
1.17K
Shares

काठमाडौं – बागमती प्रदेश सरकारले सोनाम ल्होसारमा सार्वजाजिक बिदा दिने निर्णय गरेको छ ।

आगामी माघ १० गते पर्ने तामाङ समुदायको चाड ल्होसार पर्वका दिन बिदा दिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको हो ।  प्रदेशको नाम बागमति राखेपछि पहिलोपटक बसेको बैठकले अन्तर प्रदेश बासिन्दाको सामान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यबस्था गर्न विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने, लगायतका निर्णय गरेको छ ।

बागमती प्रदेश सरकारको निर्णय सँगै विभिन्न १३ जिल्लामा उक्त दिन सार्वजनिक विदा हुने छ । बागमती प्रदेशमा दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, काठमाडौं भक्तपुर र ललितपुर गरी १३ जिल्ला छन् ।