काठमाडौं – विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा शिवानन्द स्वामी नामले परिचित दीपक भण्डारी पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाको टोलीले उनलाई सोमबार बिहान पक्राउ गरेको हो । प्रहरीका अनुसार ३० वर्षीय शिवानन्द आफू तन्त्रविद्याको गुरु भएको दाबी गर्थे ।
उनीविरुद्ध तीन जनाले उजुरी दिएका छन् । विदेश पठाइदिने भन्दै उनीहरूबाट शिवानन्दले ४० लाख रुपैयाँ बढी रकम लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनले ‘आफ्नो समस्या लिएर आएका युवालाई युरोप पठाइदिने भन्दै ठग्दा रहेछन् ।’ पीडितहरू विदेश जान नपाएपछि प्रहरीको शरणमा पुगेका थिए ।