logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ए डिभिजन लिग : पुलिसलाई हराउँदै तीन स्थान उक्लियो एनआरटी


अंकुरण खबर
1.573K
Shares

काठमाडौं – शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा न्यु रोड टिम (एनआरटी)ले नेपाल पुलिसमाथि १-० को संघर्षपूर्ण जित दर्ता गरेको छ।

आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसलाई १-० ले हराउँदै एनआरटी छैटौं स्थानमा उक्लिएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा एनआरटीले गोल गरेको थियो। खेलको ७६ औं मिनेटमा दर्शन गुरुङले गरेको गोल एनआरटीको जितमा निर्णायक बन्यो। गुरुङले राजेश परियारको पासलाई गोलमा परिणत गरेका थिए।

जितसँगै ६ खेलमा ३ जित, २ हार र १ बराबरी खेलेको एनआरटीले ८ अंक जोड्दै तालिकाको छैठौं स्थानमा उक्लिएको छ। गएको सिजन लिगको पुछारमा रहेको कारण एनआरटीको २ घट्दै ८ अंक भएको हो। अर्कोतर्फ नेपाल पुलिस भने ६ खेलमा समान २ जित, २ हार र २ बराबरी खेल्दै ८ अंक जोडेर तालिकाको ७ औं स्थानमा छ।

आजै हुने दोस्रो खेलमा च्यासल युथ क्लबले विभागिय टोली एपिएफसँग खेल्दैछ। खेल ३ बजे शुरु हुनेछ।