logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

आज नेप्सेमा दोहोरो अंकको वृद्धि


अंकुरण खबर
845
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज |(नेप्से|) परिसूचकमा साताको दास्रो दिन पनि दोहोरो अंकको वृद्धि भएको छ ।

परिसूचकमा साताको दोश्रो दिन सोमवार १५ दशमलव १४ अंकले बढेर १ हजार २ सय ७० दशमलव ८६ अंकमा कायम भएको छ भने कारोबार रकम  अर्ब ७० करोड ५० लाख रुपैयाँ बराबरको ५५ लाख १८ हजार ६३६ रहेको छ ।

आज धेरै कारोबार गर्नेमा नेपाल दुरसञ्चार कम्पनी रहेको छ । जसको कारोबार छ करोड ४५ लाख रुपियाँ बराबरको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । जसको कारोबार पाँच करोड ९७ लाख रुपियाँ बराबरको  छ ।

त्यस्तै, आज माइक्रोफाइनान्स र उत्पादनमूलक समूहको सूचकमा शून्य प्रतिशतभन्दा धेरैको गिरावट आएको छ भने हाइड्रोपावर समूहको सूचकमा चार प्रतिशतभन्दा धेरैको सुधार आएको छ । व्यपारमूलक समूहको सूचकमा तीन प्रतिशभन्दा धेरैको सुधार आएको छ । आज अधिकांश समूहको सूचकमा शून्य प्रतिशतभन्दा धेरैको सुधारले बजारमा हरियाली छाएको देखिन्छ ।

धेरै फाइदा खानेमा घोडिघोडा लघुवित्त बित्तीय संस्थाका लगानीकर्ता रहेका छन् । संस्था नौ दशमलव ८७ प्रतिशतले फाइदामा गएको छ । त्यसैगरी, धेरै घाटा व्यहोर्नेमा नयाँ नेपाल लघुवित्तका लगानीकर्ता रहेका छन् । कम्पनी छ दशमलव ५७ प्रतिशतले घाटामा गएको छ ।