logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अज्ञात सुहद्धारा काठमाडौंमा एनसेलका दुई टावरमा आगजनी


अंकुरण खबर
897
Shares

काठमाडौंमा एनसेलका दुईवटा टावरमा अगजनी भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका–८ छैमलेमा रहेको एनसेल टावरमा आगजनी भएको हो ।

त्यसैगरी काठमाडौंकै तारकेश्वर नगरपालिकाको जितपुर फेदीमा रहेको अर्को टावरमा पनि सोमबार राति नै आगजनी भएको छ । स्थानीयका अनुसार राति टावरमा ठूलो आगो देखिएको थियो ।

आगजनीको अहिलेसम्म कसैले जिम्मा लिएको छैन । राज्यलाई कर नतिरेको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विगतदेखि देशका विभिन्न स्थानम रहेका एनसेल टावरमा आगजनी गर्दै आएको थियो ।