गाडीभित्रै हस्तमैथुन गरेर महिलाको टाउकोमा वीर्य फाल्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
स्वयम्भु रुटमा चल्ने गाडीमा एक वर्ष अघि त्यी व्यक्तिले युवती माथि यस्तो दुव्र्यावाहार गरेका थिए । घटना भएको एक वर्ष पछि सोमबार बेलुकी चितवनबाट प्रहरीले त्यी व्यक्तिलाई पक्राउ गरेको थियो । उनलाई अहिले काडमाडौं ल्याइएको छ ।
सो व्यक्तिले एक वर्षअघि यात्रुबस भित्रै हस्तमैथुन गरी एक महिला यात्रुको कपालमा वीर्यपतन गरेको थियो। पक्राउ परेको व्यक्तिबारे आज बिहान ११ बजे पत्रकार सम्मेलन गरेर थप जानकारी दिने प्रहरीले जनाएको छ ।