logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तीनकुनेमा सवारी दुर्घटना : गायक निशान भट्टराईको मृत्यु


अंकुरण खबर
962
Shares

काठमाडौं – गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । निशान गायिका लोचन भट्टराईका भाइ हुन्।

सोमबार राति भएको दुर्घटनामा गायक भट्टराईको मृत्यु भएको हो । दरबारमार्गस्थित एक रेस्टुरेन्टमा आफ्नो नियमित प्रस्तुती सकेर घर फर्कने क्रममा उनी दुर्घटनामा परेका हुन् ।

कोटेश्वरतर्फ जाँदै गर्दा तिनकुनेमा विजुलीको पोलमा भट्टराई सवार कार ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर लगिएको थियो । तर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको जनाइएको छ ।

उनको आजै पशुपती आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारीक स्रोतले जनाएको छ।