logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

परमेश्वरले शारीरिक सम्बन्ध राखे पाप पखालिन्छ भन्दै बलात्कार गरेको आरोपमा पाष्टर पक्राउ


अंकुरण खबर
2.938K
Shares

परमेश्वरले आफूसँग शारीरिक सम्बन्ध राखे पाप पखालिन्छ र रोग निको हुन्छ भनेको भन्दै ललाई फकाई बलात्कार गरेको आरोपमा एक जना पाष्टर पक्राउ परेका छन् ।

पीडित युवतीको उजुरीको आधारमा आशा विश्वासी मण्डली चर्चका पाष्टर विश्वास जोशी भनिने ध्रुवबाबु जोशीलाई महानगरीय प्रहरी परिसर जावलाखेलको टोलीले सोमबार साँझ पक्राउ गरेको हो ।

नराम्रो काम गरेको कारण तिमीलाई यस्तो रोग लागेको हो । तिमीले म सँग शारीरिक सम्पर्क गरे तिमीले गरेको पाप नाश भएर जान्छ भनि ललाई फकाई विश्वास दिलाई चापागाँउमोडको एक गेष्ट हाउसको कोठामा बोलाई बलात्कार गरेको भन्ने पीडितको उजुरीको आधारमा जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शारीरिक सम्बन्ध राखेको कुरा कसैलाई भनेमा परमेश्वरले दिएको शक्ति नाश भएर जाने र जे पनि हुन सक्ने भन्दै जोशीले धम्की समेत दिने गरेको पीडितले बताएकी छन् ।