logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दुवई भ्रमण सकेर उर्जामन्त्री पुन स्वदेश फिर्ता


अंकुरण खबर
1.079K
Shares

काठमाडौं – पाँच दिने विदेश भ्रमण सकेर उर्जा मन्त्री वर्षामान पुन आज स्वदेश फर्किएका छन् ।

पाँच दिने भ्रमणका क्रममा अन्तर्राष्ट्रिय नवीकरणीय उर्जा सम्मेलनका लागि संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका ऊर्जा, जलसोत तथा सिंचाइमन्त्री वर्षमान पुन र अन्तर्राष्ट्रिय नवीकरणीय उर्जा संघका महानिर्देशक फ्रान्सेस्को ला क्यामेरासँग भेटवार्ता गरेका थिए। नवीकरणीय ऊर्जा क्षेत्रमा विदेशी लगानीका लागि नेपालमा उपयुक्त वातावरण रहेको उल्लेख गरेका थिए ।

साथै मन्त्री पुनले ओमनका नवनियुक्त सुल्तान मौसुफ हाइतम विन तारिक विन ताइमुर अल सइदलाई भेटेर नेपालको तर्फबाट समवेदना प्रकट गरेका छन् । मन्त्री पुनले ओमानका सुल्तान कावुस विन तारिक विन ताइमुर विन अल सइदको निधनमा समवेदना दिएका हुन् ।

मन्त्री पुनले ओमानको शान्ति, समृद्धि तथा निरन्तर प्रगतिको कामना व्यक्त गर्नुका साथै नेपाल ओमानबिच कायम रहेको विगत ४३ वर्षदेखिको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा समेत अझ प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरेका छन् ।