रूपन्देहीको तिलोत्तमा नगरपालिका–१३ खैरियास्थित गौतम प्लास्टिक फयाक्ट्रीमा करेन्ट सर्ट भएर आगलागी हुँदा २६ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
मङ्गलबार बिहान फ्याक्ट्रीमा रहेको प्लास्टिकको कवाड तथा बिजुलीको ट्रान्सफर्मरसमेत जल्दा उक्त परिमाणको धनमाल जलेर नष्ट भएको हो।
त्यस्तै बर्दियाको बढैयाताल गाउँपालिका–६ मैनापोखर बजार बस्ने शिवकुमार थारूको फेन्सी पसलमा सोमबार बेलुका करेन्ट सर्ट भएर आगलागी हुँदा करिब २० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
आगो स्थानीयबासी र दमकलको सहयोगमा नियन्त्रणमा लिएको थियो।