कैलालीमा लागुऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका ८, बुद्धचोक बस्ने २० वर्षीय उमेश धामी, २० वर्षकै उमा चौधरी र १९ वर्षीया असरानी चौधरी छन् ।
उनीहरूको साथबाट ५१० मिलिग्राम ब्राउग सुगर र सेवन गर्न प्रयोग गरेको १० रुपैयाँको नोटसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरूमाथि जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।