logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोटेश्वरका ट्राफिक घूससहित पक्राउ


अंकुरण खबर
1.43K
Shares

महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी जवान लोगबहादुर खड्का घूस रकमसहित पक्राउ परेका छन् ।

कारागार सुरक्षा गार्ड कैलालीमा दरबन्दी भएका उनी कोटेश्वरमा कार्यरत थिए । उनले ड्युटीमा खटिएको अवस्थामा सेवाग्राहीसँग मोटरसाइकल सवारीचालकसँग घूस मागेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

सवारीचालकसँग २ हजार घूस लिने क्रममा उनी पक्राउ परेका हुन् । उनलाई कार्यस्थलमा खटिएका बेला कोटेश्वरबाटै नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएको अख्तियारले जनाएको छ ।