logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कृषि बैंक ठगी प्रकरण : अवकास प्राप्त सहायक रथीसहित ८ विरुद्ध मुद्दा दायर


अंकुरण खबर
1.222K
Shares

कृषि विकास बैंक, न्यूरोड शाखा कार्यालयमा ४ करोड भन्दा बढी रकम हिनामिना गरिएको प्रकरणमा ८ जना विरुद्ध मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकका टेलर सहायक दिपिका रेग्मी, तत्कालीन शाखा प्रबन्धक प्रेमहरी ढुंगेल, ऋण शाखा प्रमुख गोपाल गिरी, तत्कालीन ऋण अधिकृत अवकाश प्राप्त सलिल रेग्मी, ऋण शाखा प्रमुख महेश्वर मरहट्ठा, तारानाथ पाण्डे, अवकास प्राप्त सहायक रथी रमेशराज बिष्ट र दुर्गा ज्वेलरीका संचालक प्रकाश घतानीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारले उनीहरुले आपसी मिलेमतोमा गैर कानुनी रुपमा बैंकबाट चार करोड, २४ लाख, १३ हजार, ६ सय १५ रुपैयाँ ४५ पैसा झिकेर हिनामिना गरेको जनाएको छ।

राष्ट्र बैंकको निर्देशिका विपरित मिलेमतोमा चेक क्लियरिङको काम गरी प्राप्त रकम भागबण्डा गरिएको अख्तियारको ठहर छ। सो प्रकरणमा बैंककी टेलर दिपीका लगायतलाई अख्तयारको टोलीले मंसिर १७ गते पक्राउ गरेको थियो।