logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकारले केटाकेटी, युवा र वृद्धका लागि फरक फरक पार्क बनाउने


अंकुरण खबर
1.04K
Shares

सरकारले युवालाई मनोरञ्जन स्थल तथा फुर्सदको समय विताउन राजधानीमा तीनवटा पार्क बनाउने घोषणा गरेको छ । सहरी विकास मन्त्रालयको थप जिम्मेवारी पाएका सरकारका प्रवक्ता गोकुल बास्कोटाले केटाकेटी, युवा र वृद्धका लागि तीनवटा फरक फरक पार्क बनाउन लागिएको जानकारी दिएका हुन् ।
विशेष गरेर युवाका लागि मनोरञ्जन, विदाको दिन तथा फुर्सदको समय बिताउन यस्तो पार्क धेरै आवश्यक रहेको मन्त्रालयले जनाएको छ ।
यस्तो पार्कमा ललितपुर वा भक्तपुर कहाँ बनाउने र कस्तो प्रकृतिको हुने भन्ने विषयको टुंगो एक साताभित्रै तय हुने सहरी विकास मन्त्रालयको भनाइ छ।

मन्त्रालयले वृद्धका लागि धोविखोला किनारमा रहेको आठ रोपनी जग्गामा बाजेबज्यै पार्क बनाउने भएको छ। यो स्थानमा बन्ने पार्कमा वृद्धले बिहानैदेखि बेलुकासम्म मनोरञ्जन, रिक्रियसन सेन्टर, पुस्तकालय, क्रियटिभ कार्य, हिँडडुल गर्नेसहितका गतिविधि हुने उल्लेख छ। पार्क बिहानदेखि बेलुकासम्म खुल्छ।

मन्त्रालयले केटाकेटीका लागि बनाइने चिल्ड्रेन पार्क पनि निर्माण गर्ने भएको छ। यस्तो पार्क पनि भक्तपुर वा ललितपुर कहाँ बनाउने भन्ने टुंगो लगाउन बाँकी छ।
नयाँ बन्ने तीनवटै पार्कमा सरकारले दुईदेखि तीन करोड रुपैयाँ खर्च गर्ने भएको छ।