भुक्तानी नपाएको भन्दै गुल्मीमा एक निर्माण व्यवसायीले आफैले निर्माण गरेको सडक भत्काएका छन् ।
जिल्लाको कालीगण्डकी गाउँपालिका २ को आर्बेनी देउराली भयकोटको सडक निर्माण व्यवसायी कूलप्रसाद न्यौपानेले भुक्तानी नपाएपछि सडक भत्काइदिएका हुन् ।
निर्माण व्यवसायीले सडक भत्काइदिएपछि मंगलबार दिनभर उक्त सडक बाटो बन्द भएको स्थानीयले जनाएका छन्।
लामो समयसम्म रकम उपलब्ध नगराएपछि सडक भत्काएको बताए पनि जनस्तरबाट चर्को विरोध भएपछि मंगलबार रातिबाट ठेकेदारले पुनः सडक निर्माण गरिदिएका छन् ।