sf7df8f}F,! df3
ds/ ;ª+qmflGtsf cj;/df a''waf/ sf7df8f}Fsf] /fi6«klt ejg, zLtn lgjf;df cfof]lht
afnaflnsf;Fu /fi6«kltÚ sfo{qmddf /fi6«klt ljBfb]jL e08f/L / dlxnf afnaflnsf tyf Ho]i7 gful/s dGqL;Fu afnaflnsfx? . t:jL/ M rGb|snf If]qL,/f;;
राष्ट्रपति विद्यादेवी भण्डारीले भविष्यका जिम्मेवार नागरिक बालबालिकाका लागि लगानी बढाउन सरकार र सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । माघे सङ्क्रान्तिका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित ‘बालबालिकासँग राष्ट्रपति’ कार्यक्रममा उनले शिक्षा र स्वास्थ्यका साथै असल नागरिक बनाउन बालबालिका माथि लगानी बढाउन र हेरचाहमा कुनै कमजोरी भए विशेष ध्यान दिन संसद् र सरकारले ध्यान दिन आग्रह गरेकी छिन् ।
नेपाल बाल सङ्गठनका बालबालिकाले शीतल निवास परिसर र राष्ट्रपति निवास अवलोकनपछि आयोजित कार्यक्रममा विभिन्न गीत र नृत्यसमेत प्रस्तुत गरेका थिए ।
विगतमा माघीका अवसरमा राजनीतिक दलका नेतासँग भेटघाट तथा चियापान कार्यक्रम राखिने गरेकामा पछिल्लो दुई वर्षयता राष्ट्रपतिले आजको दिन बालबालिकासँग बिताउने गरेकी छिन् ।