logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अनेरास्ववियूको माग : कक्षा ११ र १२ को पुरानो कोर्सको मौका परीक्षा खुलाउ


अंकुरण खबर
1.469K
Shares

अनेरास्ववियूले कक्षा ११ र १२ को पुरानो कोर्सको लागि एकपटक मौका परीक्षाको फारम खुलाउन राष्ट्रिय परीक्षा वोर्डलाई माग गरेको छ। आज अनेरास्ववियूको केन्द्रीय टोलीले राष्ट्रिय परीक्षा वोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्याललाई ज्ञापनपत्र वुझाउँदै यस्तो माग गरेका हुन् ।

पुरानो प्रणालीमा रहेर अनुत्तीर्ण रहेका विद्यार्थीहरु मारमा परेकाले एकपटकका लागि मौका परीक्षाको माग गरिएको अनेरास्ववियूका नेताहरुले जनाएका छन्। ज्ञापनपत्रमा भनिएको छ मौका परीक्षाको व्यवस्थाले विद्यार्थीहरुमा नयाँ अवसर र सम्भावनाको ढोका समेत खोलिने भएकोले एकपटकका लागि तत्काल मौका परीक्षा फारम खुलाउन राष्ट्रिय परीक्षा वोर्ड समक्ष जोडदार माग गर्दछौं ।