नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त तथा राष्ट्रिय जनता पार्टी नेपालका सांसद रेशम चौधरी चाँडै छुट्ने दाबी गरेका छन् ।
काठमाडौँमा आयोजित थारु राष्ट्रिय माघी महोत्वसलाई सम्बोधन गर्दै उनले ‘रेशमलाई प्रधानमन्त्रीको हैसियतमा खुलेआम भेट्ने प्रधानमन्त्री आफुरहेको उनले बताए। कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्धका क्रममा मारिएका १७ हजारजनाको हत्या आरोप आफूमाथि लगाएको गुनासो समेत गरेका छन्। उनले राज्यबाट मारिएका १२ हजार मान्छेको हत्या आरोप पनि आफैंमाथि लागको भन्दै गुनासो गरेका हुन्। उनले भने ‘मैले १७ हजार मान्छे मारेर आएको भन्ने गरिन्छ, त्यो सत्य होइन, हिजोको सामन्ती राज्यले १२ हजारको हत्या गरे। त्यसको कसैले वास्ता नै गरेन,जनयुद्धको जिम्मा भने मेरो हो। तर, १७ हजार होइन ५ हजारजना मारिएको जिम्मा म लिन्छु।’
उनले संविधान बन्नु पहिले थारुको उत्थान र पहिचानको रक्षाका लागि आफुले नै माग गरेको दाबी गरे।