अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले डिभिजन सडक कार्यालय पोखराका प्रमुख हरिकुमार पोखरेललाई ९ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ।
पोखरेलसहित इन्जिनियर पवित्रमणि आचार्य, कार्यालय सहयोगीहरु सन्देश लम्साल र शिवराम शर्मा, जिएसआर निर्माण सेवाका प्रोपाइटर ऋषि गौतम ९ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेको अख्तियारले जनाएको छ।