logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टुँडिखेलमा मगरहरुले यसरी मनाए माघे संक्रान्ति (फोटो फिचर)


अंकुरण खबर
5.421K
Shares

काठमाडौं – काठमाडौंको टुडिखेलमा नेपाल मगर संघद्वारा बुधबार माघे सङ्क्रान्तिको अवसरमा विशेष कार्यकमको आयोजना गरिएको छ ।

माघे संक्रान्तिलाई मगर समुदायले प्रमुख चाडका रूपमा मनाउने गरेका छन् । नेपालभर माघे सङ्क्रान्तिको रौनक छाएको छ । मुलुकका विभिन्न क्षेत्रमा आ-आफ्नो परम्परा र रीतिरिवाजअनुसार यो पर्व मनाउदै आएको हो ।

काठमाडौंको टुँडिखेलमा मगर र थारू समुदायले बुधबार माघे सङ्क्रान्ति भव्यताका साथ मनाएका छन् । टुँडिखेलमा दुवै समुदायका व्यक्तिले आफ्नो सांस्कृतिक पहिचान झल्कने भेषभूषा र रैथाने परिकार प्रर्दशन गरेका हुन् ।

टुडिखेलमा नेपाल मगर संघद्वारा माघे सङ्क्रान्तिको अवसरमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन र खानेपानी मन्त्री विना मगर लगायत अतिथि तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

कार्यक्रममा मगर समुदायको मौलिक नृत्य हुर्रा, कौरा, मारुनी, झउरे, टम्पा र सालैजो लगायतका नाचहरु र झाँकी समेत प्रस्तुत गरिएका थिए । त्यस्तै माघे संक्रान्तिका अवसरमा विभिन्न परिकारहरु बनाएर खाने प्रचलन अनुसार तरुल, सखरखण्ड, गिठ्ठा, भ्याकुर, खिचडी लगायतका परिकारहरु खाएर मनाइएको थियो ।