logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने सम्भावना, शनिबारदेखि मौसममा सुधार हुने


अंकुरण खबर
2.34K
Shares

काठमाडौं – आज देशका विभिन्न ठाउँमा पानी पर्नुका साथै मध्य र पश्चिमको उच्च हिमाली तथा पहाडी भेगमा हिमपात हुने मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको असरले काठमाडौं सहित देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने मौसमविद्ले जानकारी दिएका छन् । मौसमविद्का अनुसार बुधबार राति पश्चिमबाट नेपाल प्रवेश गरेको यो प्रणाली अहिले मध्य क्षेत्रमा फैलिइ सकेको छ ।

बिस्तारै पूर्वतर्फ सर्ने क्रममा रहेको वायुको यो प्रणालीले बेलुकीसम्ममा पूर्वमा पनि पानी र हिउँ पर्ने छ तर लगातार झरीको सम्भावना भने छैन ।

आज र भोलि देशभरिकै मौसम पूर्णरुपमा नखुल्ने र खुलिहाले पनि फेरि बादल लागि हाल्ने सम्भावना छ । शनिबारदेखि भने मौसममा सुधार हुँदै जाने मौसमविद्ले जनाएका छन् ।