logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ललिता निवास जग्गा प्रकरणमा मुछिएका ढकालको घरमा बम विस्फोट, घटनाको अनुसन्धान हुँदै


अंकुरण खबर
1.014K
Shares

काठमाडौं – काठमाडौंको सानो भर्‍याङमा शोभाकान्त ढकालको घरलाई लक्षित गरी बम विष्फोट गराउनेको खोजी भइरहेको छ ।

घटनाबारे थप अनुसन्धान र संलग्नको खोजी अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीले जानकारी दिए ।

बालुवाटारमा रहेको ललिता निवास जग्गा प्रकरणमा मुछिएका ढकालको घरमा बुधबार बेलुका भएको विष्फोटको जिम्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लिएको छ ।

विष्फोटबाट ढकालको घरसहित तीन वटा घरको झ्यालका सिसा फुटेको छ । विष्फोटबाट ढकालको घरको गेट र पार्किङ गरी राखेको गाडीमा क्षति पुगेको छ ।