logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दशैं-तिहार २५ दिन पर सर्‍यो, २०७७ सालमा १५ दिन मात्रै विवाहको लगन


अंकुरण खबर
4.069K
Shares

काठमाडौं – विक्रम संवत् २०७७ सालको दशैं र तिहार २५ दिन पर धकेलिएको छ । नयाँ पात्रोअनुसार असोज एक महिना मलमास परेकाले दुई चाडपर्व करिब एक महिना धकेलिएको हो ।

पञ्चाङग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले मलमासका कारण विवाहको लगनलाई समेत असर पारेको जानकारी दिए ।

आउँदो बर्ष विवाहको लगन करिब १५ दिनजति मात्रै छ । २०७६ सालमा करिब ३० दिन साइत परेको थियो ।

ब्रतबन्धको साइत जम्मा पाँच दिन मात्रै छ । पञ्चाङग निर्णायक समितिले निर्णय गरेअनुसार वि।स। २०७७ सालको घटस्थापना कात्तिक १ गते परेको छ । पात्रोअनुसार कात्तिक ७ गते फुलपाती, ८ गते महाअष्टमी, ९ गते महानवमी, १० गते विजय दशमी अर्थात टीका परेको छ ।

तिहार २८ गतेदेखि सुरु हुनेछ । २८ गते कागतिहार, २९ गते विहान कुकुर तिहार, बेलुकी लक्ष्मीपूजा, ३० गते गोवद्र्धन तथा म्हः पूजा र मंसिर १ गते भाइटीका रहेको पंञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिब सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । नेपाल समाचार पत्र दैनिकबाट