logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

जङ्गलमा बसेर तास खेलिरहेका ५ जना नगदसहित पक्राउ


अंकुरण खबर
1.352K
Shares

इलाका प्रहरी कार्यालय बनेपाको टोलीले बनेपा नगरपालिका-९ मगरगाउँमाथिको जङ्गलमा तास खेलिरहेको अवस्थामा नगद र सवारी साधनसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

जङ्गलमा गएर लुकेर तास खेलिरहेको अवस्थामा बुधबार बेलुका पाँच जनालाई नियन्त्रणमा लिनुका साथै नगद रु एक लाख ६२ हजार २०, चार स्कुटर, ११ मोटरसाइकल, एउटा कार र ११ बुक तास बरामद गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

उनले फरार रहेका १५ जनाको खोजीकार्य जारी रहेको र दुई वटा चेकबुकसमेत बरामद भएको जानकारी दिए।

पक्राउ परेकाहरुलाई तास, जुवा ऐनअन्तर्गत कारवाही हुने प्रहरीले जनाएको छ ।