logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सभामुख प्रकरण : प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड पुगे बालुवाटार


अंकुरण खबर
2.288K
Shares

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धयबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा भेटवार्ता भएको छ ।

बिहीबार प्रचण्ड अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाईलाई भेट्न बालुवाटार पुगेका हुन् । आइतबारदेखि बन्द भएको संवाद आजबाट पुन सुरु भएको छ । उपसभामुख प्रकरणलाई लिएर दुई अध्यक्षबीचको सम्बन्धमा तिक्तता आएको हो ।

प्रचण्डको अध्यक्षतामा २६ पुसमा बसेको सचिवालयको बैठकले उपसभामुखलाई राजीनामा गराउने निर्णय गराएका थिए । त्यो दिन अर्का अध्यक्ष ओली भने अस्पताल गएका थिए । तर उपसभामुखलाई राजीनामा दिलाउने सचिवालयको बैठक भन्दा पहिला अथवा २३ पुसमा भैंसेपाटीमा भएको गोप्य भेलाबाट नै ओली प्रचण्डको सम्बन्धमा तिक्तता आएको थियो ।

प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकको निर्णय पनि अहिले बेवारिसे जस्तो बनेको छ । उपसभामुखले राजीनामा नदिने अडान लिएपछि प्रचण्ड अप्ठेरोमा परेका छन् ।