logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मनिपाल अस्पतालमा जन्मियो एकसाथ चम्ल्याहा बच्चा


अंकुरण खबर
1.092K
Shares

पोखराको मनिपाल अस्पतालमा एक महिलाले एकै पटकमा ४ बच्चाको जन्म दिएकी छन् ।

पुतलीबजार-१, स्याङ्जाकी २६ बर्षिया सुनिता  प्रधानले बिहीबार  एकै पटकमा ४ वटा बच्चाको जन्म दिएकी हुन् । चार वटै बच्चा सकुशल रहेको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार उनले दुई छोरी र दुई छोरालाई जन्म दिएकी हुन् । पहिलो बच्चा छोरी १.६ किग्रा, दोश्रो छोरा ९१.३ किग्रा, तेश्रो छोरी ९१.३ किग्रा, चौथो छोरी ९१.४ किग्रा तौल रहेको जनाइएको छ ।

मनिपाल शिक्षण अस्पातलमा डा. महेन्द्र पाण्डेको नेतृत्वमा शल्यचिकित्साको माध्यमबाट ४ वटा बच्चाहरू सकुशल जन्मिएको बताइएको छ । आमा र सबै बच्चाको स्वास्थ्य राम्रो रहेको जनाइएको छ ।