Breaking Newsअन्तर्वार्तास्वास्थ्य

के हो एक्टोपिक प्रेग्नेन्सी ,जसले ज्याननै लिन सक्छ ?

अझै पनि धेरै मानिसलाई थाँहा छैन एक्टोपिक प्रेग्नेन्सी अर्थात पाठेघर बाहिर बच्चा बस्ने समस्याको बारेमा । थोरै मात्र असावधानी अप्नाए ज्याननै जान सक्ने यो समस्या पछिल्ला केही वर्षयता निकै बढेको पाइन्छ । के हो एक्टोपिक प्रेग्नेन्सी ? कसरी यस्तो हुन्छ र अप्नाउनुपर्ने साबधानीको बारेमा अंकुरण खबरका लागि स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा. माला श्रेष्ठ यसो भन्छिन् …

एक्टोपिक प्रेग्नेन्सी भनेको के हो ?
एक्टोपिक शब्द भनेकै असामान्य भन्ने हुन्छ । पाठेघरभित्र बच्चा नबसेर बाहिर बस्नुलाई एक्टोपिक प्रेग्नेन्सी भनिन्छ । एक्टोपिक प्रेग्नेन्सीमा ९० प्रतिशतको बच्चा पाठेघरको नली वा ट्युवमा बस्छ । कसैकसैमा पेट भित्र पनि बस्न सक्छ ।

कस्ता महिलामा यस्तो समस्या बढी आउँछ ?

गर्भधारण भैसकेपछि शुक्रकिट पाठेघरको नली हुदै पाठेघर भित्र जान्छ । तर जो महिलामा पाठेघर या यी अंगमा संक्रमण छ भने बाटोमा अबरोध हुन्छ र शुक्रकिट सहजै पाठेघर भित्र छिर्न पाउदैन् । त्यसले गर्दा मुखमा नै बस्छ । विशेषतः
१. पाठेघरको पहिला संक्रमण भएर ट्युबमा क्षति भए ।
२.ट्युब,पेट तथा तल्लो पेटको पहिला शल्यक्रिया भए ।
३. बाँझोपनको उपचारबाट गर्भ रहेकोभए ।
४.पहिले पनि पाठेघर बाहिर गर्भ रहेको भए ।
५. गर्भ निरोधक साधान कपर टीको प्रयोग ।
६.ढिलो विवाह गरेका महिलामा यस्तो समस्या बढी हुन्छ ।

यसका लक्षणहरु के कस्ता देखा पर्छन् :
१.महिनावारी रोकिने ।
२.पेट दुख्ने ।
३.योनीबाट रगत जाने ।
४. वाकवाक लाग्ने ।
५. बेहोस हुने हुन्छ ।

एक्टोपिक प्रेग्नेन्सी भएको कसरी थाँहा पाउँने ? 

यस्तो समस्या छ वा छैन भनेर सबै भन्दा पहिला नियमित महिनावारी रोकिने वित्तिकै वा गर्भ रहेको थाँहा पाउने वित्तिकै विशेषज्ञकोमा परीक्षण गराउनु पर्छ । भिडियो एक्सरे गरेर हेरेपछि मात्र यसको एकीन गर्न सकिन्छ । तर धेरै महिलाले पछिसम्म पनि स्वास्थ परीक्षण गरेको पाइदैन् । यो एकदमै गलत कुरा हो । यसले गर्भवतीको ज्याननै जाने खतरा समेत हुनसक्छ ।

बच्चा रहेको ठाँउ फुट्यो भने के हुन्छ ?
बेहोस हुने ।
कसैलाई चक्कर लाग्ने ।
बान्ता आउने ।
बढी ब्लिडिङ भैरहने ।
प्रेसर कम हुने हुन्छ । यस्तो अवस्थामा समयमै सल्यक्रिया गरिएन भने मृत्यु समेत हुनसक्छ ।

पटक पटक एक्टोपिक भयो भने बच्चा जन्माउन सकिन्छ की सकिदैन् ? 
एक्टोपिक भयो भन्दैमा बच्चा नै पाउन सकिँदैन भन्ने होइन । यदि सल्यक्रिया गर्नुपरे पनि एउटा ट्युव हुन्छ । ट्युव र ओभरी दुईवटा हुने भएकाले ट्युव एउटा निकाले पनि बच्चा बस्छ तर चिकित्सकको निगरानीमा रहनुपर्छ।

यसको उपचार कसरी गर्ने ?

१.गर्भ फुटेको छ भने रगतको व्यवस्था गरी तुरुन्त शल्यक्रिया गर्नुपर्छ । ल्याप्रोस्कोपीको माध्यमबाट पनि गर्न सकिन्छ ।
२. गर्भ फुटेको छैन भने त्यसको आकार, बिरामीको अवस्था र रिपोर्टहरु हेरेर केही समय पर्खिन पनि सकिन्छ र औषधिबाट पनि गर्न सकिन्छ तर यो भने बिरामीको अवस्थामा भर पर्छ ।

(डा. श्रेष्ठ ईसान बाल तथा महिला अस्पतालमा कार्यरत हुनुहुन्छ ।)

Comment here