logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्से नयाँ उचाईमा, ३ घण्टामै २५ अंकले बढ्यो


अंकुरण खबर
1.001K
Shares

काठमाडौं – साताको पहिलो दिनदेखि नै उर्लिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार  ३ घन्टामै १ अर्ब १६ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भइसकेको छ । नेप्से सूचक पनि दोहोरो अंकले बढेर १३१० विन्दु क्रस गरिसकेको छ ।

नेप्सेले दिनहुँ नयाँ उचाई बनाउँदै जानु, कारोबार रकममा निरन्तर सुधर हुनु लगायतका कारण सेयर बजारको आगामी दिन बुलिस ट्रेण्डको अनुमान गर्न सकिन्छ । अन्य बहेक सबै उपसमूह बढेको छ ।

बैंकमा तरलता बढेको राष्ट बैंकले सार्वजनिक गरेसँगै नेप्से उर्लिएको सहज अनुमानसमेत गर्न सकिन्छ । तरलता बढे सँगै सेयर बजारले पनि गति लिन सुरु गरेको हो । माघ लागेसँगै बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी थपिएको छ ।

तरलता सहज अवस्थामा रहेपछि बैंकहरुले ग्राहकलाई बोलाइबोलाई कर्जा दिन थालेका छन् । आधार दर घटिरहेकाले ब्याजदर पनि तुलनात्मक रुपमा सस्तो हुन थालेको छ ।

साथै बिभिन्न बैंकहरूले ब्याज दर घटाउँदै लगानी कर्ताहरूलाइ आकर्षित गराइरहेका कारण यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिन थालेको हो ।