सभामुखबारे निष्कर्ष निकाल्न नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा छलफल सुरु भएको छ ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको हो । यसअघि दुई अध्यक्षबीच बिहीबार पनि छलफल भएको थियो । आजको बैठकमा सभामुखबारे निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ ।
यसअघि ओलीले सुवास नेम्वाङलाई सभामुख बनाउने प्रस्ताव गरे पनि प्रचण्डले भने पूर्वमाओवादी पक्ष सभामुख हुनु पर्ने अडान राखेपछि दई नेताबीच संवादनै टुटेको थियो। तर आज यसबारे निष्कर्ष निकाल्ने जनाइएको छ ।