logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दूई नाबालक सहित एक दम्पतीले किन हाम फाले त्रिशुली नदीमा


अंकुरण खबर
2.834K
Shares

दुई सन्तानसहित एक दम्पतीले त्रिशुली नदीमा हाम फालेका छन् । बेनीघाट रोराङ गाउँपालिकाको बाँदरेको झोलुङ्गे पुलबाट हामफालेका चारजना मध्ये श्रीमतीको शव फेला परेको छ ।

दुई बच्चा बेपत्ता भएका छन् भने श्रीमानको उद्धार गरिएको छ । चन्द्रागिरी नगरपालिका ५ थानकोट घर भइ गजुरी गाउँपालिकाको आदमघाट ससुराली आएका ३५ वर्षीय विनय लामिछाने र उनकी श्रीमती ३० वर्षीया जमुना रेग्मीले दुई बच्चासहित त्रिशूलीमा हाम फालेका प्रहरीले जनाएको छ ।

जमुनाको शव पुलनजिकै फेला परेको र बेपत्ता बालकको शुक्रबार बिहानैबाट खोजी भइरहेको छ । त्रिशुली नदी धमिलो भएकाले र पानी परिरहेकाले खोजी कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।