logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लगातारको वर्षा र हिमपातले देशभर चिसो बढ्यो, भोलिसम्मै पानी पर्ने सम्भावना


अंकुरण खबर
1.066K
Shares

काठमाडौं – पश्चिमी न्यून चापीय प्रणालीका कारण गएरातीदेखि नै काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

काठमाडौं उपत्यकामा गएराती रातभर वर्षा भएको छ । बिहानसम्म वर्षा जारी नै छ ।  आज (शुक्रबार) दिउसो पनि बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज पनि देशका अधिकांश स्थानमा वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगका धेरै ठाउँमा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज बिहान प्रकाशन गरेको बुलेटिनमा पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ ।

आज २४ घण्टा वर्षा तथा हिमपात नरोकिने अनुमान गरेको छ । देशका अधिकांश स्थानहरु वर्षा र हिमपात हुने रहेकाले सतर्कता अपनाउन तथा चिसोबाट बच्न महाशाखाले सबै सर्वसाधारण लाई अनुरोध गरेको छ ।