logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यूएईको अबुधाबी दुर्घटनामा तीन नेपालीको मृत्यु, १४ घाइते


अंकुरण खबर
598
Shares

यूएईको अबुधाबीमा सवारी दुर्घटनामा परी तीनजना नेपालीको मृत्यु भएको छ ।

गुडिरहेको लरीमा बस ठोक्किँदा भएको दुर्घटनामा अरु १४ जना नेपाली घाइते भएका छन् । घटनामा अहिलेसम्म ६ जनाको मृत्यु छ ।

मृत्यु हुनेमा झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना कुँवर र ठेगाना नखुलेकी अमिसा मोक्तान तामाङ रहेको नेपाली दूतावास अबुधाबीले जनाएको छ । घाइते हुनेहरूमा सिन्धुपाल्चोककी माया तामाङ, सरिता थापा, झापाकी तुलसा थापा, पवित्रा तामाङ र मुना राई छन्।

यस्तै इलामकी सीता सुब्बा, मकवानपुर टिस्टुङ पालुङकी रीता सिवाकोटी, हेटौंडाकी मिना सिंह चापागाँउ, ललितपुरकी कमला नेपाली, दाङ घोराहीकी आशा घर्ती मगर, नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा, चितवनकी निर्मला प्रजा र सुजला विश्वकर्मा पनि घाइते भएकी छन् ।