प्रहरीले १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको धनगढीमाइ नगरपालिका-११ घर भएका १९ वर्षीय बिनोद महरा रहेका छन्।
महराले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानबाट गएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो।
उनीविरुद्ध जबरजस्ती करणीसम्बन्धि मुद्धामा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।