logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डुवेर १ वर्षीया बालिकाको मृत्यु


अंकुरण खबर
1.274K
Shares

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा शुक्रबार दिउँसो स्नानगृह ९बाथरुम० मा डुबेर एक दूधे बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जलेश्वर नगरपालिका–१ बस्ने रोशनकुमार साहकी छोरी १ वर्षीया आकृति साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

आफ्नै घरमा खेलिरहेकी बालिका खेल्दाखेल्दै अचानक घरसँगै रहेको बाथरुममा पसेपछि बाथरुममा राखिएको पानी भरेको बाटामा डुबेर उनको मृत्यु भएको जनाइएको छ ।