logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सभामुख पूर्व माओवादीबाटै बन्ने, नामको टुंगो अझै लागेन


अंकुरण खबर
1.781K
Shares

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीभित्र पूर्व माओवादीबाट सभामुखको उम्मेदवार बनाउने सहमति बनेको छ ।

शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा अध्यक्षहरु केपी शर्मा ओली र प्रचण्डबीचको बैठकपछि सहमति बनेको हो । नेकपाको बहुमत रहेकाले सभामुखमा उसकै उम्मेदवारले जित हासिल गर्ने निश्चित प्रायः छ ।

नेकपाको विश्वस्त स्रोतका अनुसार पूर्व माओवादीबाट सभामुख बनाउन ओली सहमत भएका छन् । तर, उनले प्रचण्डले प्रस्ताव गरेका नामप्रति असन्तुष्टी जनाएका छन् । प्रचण्डकै प्रस्ताव अनुसार सभामुख चयन गर्न ओली तयार भएपनि नाम विवादरहित हुनुपर्नेमा जोड दिएको बुझिएको छ ।

प्रचण्डले अग्नि सापकोटालाई सभामुख बनाउन चाहेका छन् । उनले विकल्पमा पम्फा भुषाल, देव गुरुङ र जर्नादन शर्माको नाम पनि राखेका छन् । नामबारे आइतबारभित्र टुंगो लगाइने बुझिएको छ ।