logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पर्यटक बोकेको गाडी दुर्घटनामा दुई जनाको मृत्यु  (अपडेट)


अंकुरण खबर
1.248K
Shares

भरतपुर महानगरपालिका–१ रामनगरमा आज बिहान भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान भरतपुर महानगरपालिका-१ रामनगरमा काठमाडौंबाट आउँदै गरेको बा १ च ७८३ नम्बरको बसले सोही दिशातर्फ आउँदै गरेको लु २ ख ३३०५ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको थियो। दुर्घटनामा परी घाइतेमध्ये दुई जनाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ।

मृतक दुबै नेपाली रहेका छन्। उनीहरुको सनाखत हुन सकेको छैन्। दुर्घटनामा परी २८ जना घाईतेको उपचार भइरहेको छ। चिनियाँ पर्यटक मध्येको ८ जनाको पुरानो मेडिकल कलेजमा र १३ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।