काठमाडौं – साताको अन्तिम दिन शुक्रबार सुनको मुल्य बढेको छ । सुनको मूल्य शुक्रबार तोलामा एक सय रुपैयाँले बढेको हो ।
बिहीबार स्थिर रहेको छापावाला सुनको मुल्य तोलामा १ सयले बढेर ७४ हजार ८ सय रुपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै शुक्रबार चाँदी तोलामा पाँच रुपैयाँ बढेर आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।